ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका–८ र ७ मा जरका टोलमा अविरल वर्षाले प्रभावित २०–२५ घरपरिवार जनज्योति विद्यालयमा सुरक्षित स्थानान्तरण दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–८ मा तीन दिनदेखिको लगातार वर्षाले बस्ती डुबानमा परेपछि स्थानीय २० देखि २५ घरपरिवारलाई नजिकै रहेको जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ। सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका मगरका अनुसार प्रभावित परिवारहरूलाई प्राथमिक चरणमा अस्थायी आवासको व्यवस्था गरिनुका साथै सुरक्षित खानेपानी, स्वच्छता र स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने काम भइरहेको छ। “क्षेत्रका जम्मा ५२ घरमध्ये अधिकांशलाई सुरक्षित स्थानमा सारिएको छ,” अध्यक्ष मगरले भने, “बाँकी घरपरिवारलाई पनि आवश्यक सुरक्षात्मक कदमसहित सहयोग गरिनेछ।” लगातार वर्षाले साना खोलाहरूमा बाढी आउने, जमिन चुँडिने, र खतराको संकेत देखिन थालेपछि स्थानीय समिति र स्वयंसेवकहरूको सहयोगमा प्रभावितहरूलाई उद्धार गरी विद्यालयमा राखिएको हो। स्थानीय तह, विपद् समिति र सुरक्षा निकायबीच समन्वय गरी राहत तथा पुनःस्थापनाको प्रयास जारी रहेको जनाइएको छ। दोधारा चाँदनीको नदि किनाराका अधिकांस बस्तिहरुमा पानि पस्न सुरुभएको दोधारा चाँदनी बिपत व्यवस्थापन शाखाका शाखा प्रमुख अमृत बि.क ले जानकारी दिए।  

यद्यपि, अझै पनि केही क्षेत्रहरूमा जोखिम कायम रहेकाले थप सतर्कता अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech