ट्रेण्डिङ

कञ्चनपुर — दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित एकै परिवारका ६ जना विषालु च्याउ सेवनबाट बिरामी परेका छन्।

दोधारा चाँदनी इलाका प्रहरी कार्यालयका अनुसार भारतको नगरा जंगलबाट ल्याइएको जंगली च्याउको तरकारी खाँदा सुनारसहित उनका ३३ वर्षीया बुहारी गीता सुनार, १८ वर्षीया नातिनी निशा सुनार, १५ वर्षीय नाति भीम सुनार, १० वर्षीय नाति वसन्त सुनार र ८ वर्षीया नातिनी मन्सु सुनार बिरामी परेका हुन्।

बिरामी सबै जनाको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका डा. जीवन किरन स्नेहीका अनुसार बिरामीहरूको अवस्था हाल सामान्य रहेको छ।

प्रहरीले जंगली च्याउ सेवन गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech