ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–८ देउरालीस्थित जनज्योति माध्यमिक विद्यालय यस वर्ष नगरमै उत्कृष्ट विद्यालयको रूपमा चयन भएको छ। १४औं नगर अधिवेशनमा विद्यालयलाई सम्मान गरिएको हो।

उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडा अध्यक्ष ओम प्रकाश रोकायाले विद्यालयको सफलतामा खुसी व्यक्त गर्दै कक्षा १ देखि १० सम्मका गरिब तथा जेहेन्दार ५० जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप कापी वितरण गरेका छन्। उनले वितरण गरिएको कापीका लागि आफूले नगरपालिकाबाट प्राप्त भत्ताबाट दिएको जानकारी दिए।

“आज हाम्रो मेहनतले फल पाएको छ। आशा छ, हाम्रो मेहनत र त्यसको स्तर अझै बढ्दै जानेछ। म सम्पूर्ण विद्यालय परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,” अध्यक्ष रोकायाले बताए।

दोधारा चाँदनी नगरपालिकाको नगर शिक्षा समितिले यस शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न मापदण्ड निर्धारण गर्दै मूल्यांकन सुरु गरेको हो। सोही मूल्यांकनका आधारमा जनज्योति माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयको रूपमा छनोट गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech