ट्रेण्डिङ

दोधारा चाँदनी:, सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दोधारा चाँदनी, कञ्चनपुरले आर्थिक वर्ष २०८२ को जेष्ठ मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको छ। नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागको निर्देशनअनुसार सहकारीले आफ्ना वित्तीय विवरणहरू सार्वजनिक गरेको हो। संस्थाका अनुसार हालसम्मको कुल सम्पत्ति २६ करोड ३० लाख रुपैयाँ नाघेको छ।

संस्थाले १८  करोड ७२ लाखभन्दा बढीको बचत संकलन गरेको छ भने २० करोड ४४ लाख रुपैयाँभन्दा बढी लगानीमा कर्जा प्रवाह गरेको जनाएको छ। वित्तीय विवरणअनुसार संस्थाको शेयर पुँजी २ करोड ७० लाख ९८ हजार रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा १ करोड ५१ लाख ९० हजार रुपैयाँभन्दा बढी रहेको जनाइएको छ। हाल सहकारीमा कुल ४ हजार ९०५ जना शेयर सदस्य छन् भने १ हजार १३७ जना ऋणी लाभग्राही छन्। संस्थाको तरलता रकम ३ करोड २७ लाख ६१ हजार रुपैयाँभन्दा बढी रहेको छ जुन कुल सम्पत्तिको १७.४९ प्रतिशत हो।

विभिन्न कोषहरूमा जम्मा भएको रकम ३ करोड ८२ लाख ७१ हजार रुपैयाँ रहेको छ। कुल संस्थागत पुँजी १ करोड ६१ लाख १६ हजार रुपैयाँभन्दा बढी रहेको जानकारी सूचनामा उल्लेख गरिएको छ। संस्थाका सूचना अधिकारी शिवभक्त वनले सहकारीको पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै सार्वजनिक विवरणले सेवा प्रवाहमा थप विश्वास बढाउने बताए। संस्थाका व्यवस्थापक नयन सिंह ठगुन्नाका अनुसार आगामी दिनमा सहकारीले वित्तीय पारदर्शिता अझ सुदृढ गर्दै सदस्यहरूलाई प्रभावकारी सेवा दिने लक्ष्य लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech