ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० मा केही समयदेखि रोकिएको जग्गा नापजाँच कार्य आइतबारदेखि पुनः सुरु गरिएको छ। वडाध्यक्ष चन्द्रबहादुर सिंहका अनुसार नापजाँच कार्य सुन्दरनगरस्थित भैरव आधारभूत विद्यालयदेखि पूर्वतर्फ सुरु गरिएको हो, जहाँ हालसम्म आमोद बमोत गरिएका जग्गाधनीहरूको नापजाँच भइरहेको छ।

अव्यवस्थित वसोवास गर्दै आएका स्थानीयवासीहरूलाई कानुनी रुपमा जग्गाको स्वामित्व दिलाउने उद्देश्यले भूमि नापजाँच कार्य अघि बढाइएको हो।

नापजाँच कार्यका लागि भूमि समस्या समाधान आयोग कञ्चनपुरको टोली खटिएको छ। टोलीमा सर्वेक्षक प्रमुख ममता कँडेल, नगरपालिका भूमि सेवा केन्द्रका सर्वेक्षक तारा प्रसाद जोशी, अमिन निहा सुनार र भूपेन्द्र साउद फिल्डमा कार्यरत छन्।

अन्य वडामा पनि कार्य प्रगतिको क्रममा

सर्वेक्षक तारा प्रसाद जोशीका अनुसार वडा नं. १ र ८ मा नापजाँच कार्य सम्पन्न भइसकेको छ भने वडा नं. २, ३, ५, र ९ मा कार्य आंशिक रूपमा सम्पन्न भएको छ। बाँकी रहेका वडा नं. ४, ६, र ७ मा पनि चाँडै नापजाँच सुरु हुने भूमि समस्या समाधान आयोग कञ्चनपुरका विज्ञ सदस्य दिलबहादुर सिजालीले जानकारी दिए।

७२ हजारभन्दा बढी निवेदन

कञ्चनपुर जिल्लामा हालसम्म भूमिहीन दलित २,७६४, भूमिहीन सुकुम्बासी २,९५४ र अव्यवस्थित वसोवासी ६७,२१२ गरी कुल ७२,९३० निवेदन परेको भूमि आयोगको तथ्यांक छ। यसबाहेक, अघिल्लो आयोगले सुरु गरेर अधुरो छाडिएका कार्यहरूका लागि थप ४,०६५ निवेदन परेका छन्।

दोधारा चाँदनी नगरपालिकाभित्र मात्रै भूमिहीन दलित ९७६, भूमिहीन सुकुम्बासी २६० र अव्यवस्थित वसोवासी ३,५६१ रहेका छन्। यहाँबाट थप ४० देखि ५० नयाँ आवेदन पर्न सक्ने अनुमान गरिएको छ।

तीन अमिन, दुई सर्वेक्षक र एक फिल्ड सहयोगीसहितको टोली खटिएको

नगरपालिकाको भूमि सेवा केन्द्रबाट खटिएको टोलीमा तीनजना अमिन, दुईजना सर्वेक्षक र एकजना फिल्ड सहयोगी कार्यरत छन्। यस समूहमार्फत असार मसान्तसम्म जिल्लाभर ३ देखि ४ हजार जग्गाधनी प्रमाणपत्र (पुर्जा) वितरण गर्ने लक्ष्य रहेको भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रसाद पन्तले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech