ट्रेण्डिङ

मनोबल कमजोर बनाउने निर्णय भएको भन्दै नर्सिङ कर्मचारीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय

दोधारा चाँदनी- दोधारा चाँदनी अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरूले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै अत्यावश्यक प्रसूति सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेका छन्।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले २०८३/०२/०९ गते गरेको निर्णय नं. १० ले नर्सिङ कर्मचारीहरूको मनोबल कमजोर बनाएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। नर्सिङ कर्मचारीहरूले आफूहरू २४ सै घण्टा निरन्तर रूपमा व्यक्तिगत स्वास्थ्यको समेत ख्याल नगरी निस्वार्थ सेवा दिँदै आएको उल्लेख गर्दै अस्पताल प्रशासन र व्यवस्थापन समितिले आफ्नो मेहनत तथा कर्तव्यनिष्ठाको कदर नगरेको आरोप लगाएका छन्।

उनीहरूले सेवा दिने क्रममा हुने विभिन्न घटनाको सम्पूर्ण दोष नर्सिङ कर्मचारीमाथि मात्रै थोपार्ने गरिएको तथा आफूहरूले दिने सेवामाथि समेत प्रश्न उठाइएको अनुभव भएको बताएका छन्।

यसै विषयलाई लिएर नर्सिङ कर्मचारीहरूले आजकै मितिदेखि अत्यावश्यक प्रसूति सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्। उनीहरूले व्यवस्थापन समितिको निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने जनाएका छन्।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले २०८२/१२/०३ गते दोधारा चाँदनी नगरपालिका–५ निवासी नितु बुढा मगरबाट जन्मिएको नवजात शिशुको मृत्यु भएको घटनालाई आधार बनाएर छानबिन अघि बढाएको थियो। उक्त घटनापछि ड्युटीमा रहेकी स्टाफ नर्स कमला महताले घटनाको छानबिन गरिपाउँ भन्दै निवेदन पेश गरेकी थिइन्।

छानबिन समितिको प्रतिवेदनका आधारमा ड्युटीमा लापरवाही भएको निष्कर्ष निकाल्दै समितिले पीडित पक्षले व्यहोर्नुपर्ने उपचार खर्च ड्युटीमा रहेका नर्सिङ कर्मचारीहरूबाट असुल गर्ने निर्णय गरेको थियो। यही निर्णयप्रति असन्तुष्टि जनाउँदै नर्सिङ कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech