ट्रेण्डिङ

दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बहादुर बस्नेतले आफ्नो वडामा निर्माणाधीन सडक कालोपत्रे कार्यमा भइरहेको ढिलासुस्तीप्रति कडा असन्तुष्टि जनाएका छन्।

वडा नं. ६ को सुनाखरी टोलदेखि संगम चौक हुँदै निरन्कारी भवनसम्म कालोपत्रे गर्ने ठेक्का एक निर्माण कम्पनीले लिएको दुई वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आवाज उठाएका हुन्। उक्त ठेक्काको समयावधि समेत सकिइसकेको उनले उल्लेख गरेका छन्।

बस्नेतले दुई वर्षसम्म स्थानीय नागरिकले धुलो, हिलो र सडक समस्याका कारण निकै सास्ती खेप्नुपरेको बताए। निर्माण कम्पनीका सञ्चालकलाई सयौं पटक अनुरोध गर्दा समेत काम अघि नबढाएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

“सरकार तपाईंकै पार्टीका कार्यकर्ता हुन भने अब के रुखमा बाँधेर कारबाही हुन्छ कि जे गरेर हुन्छ, छिटो सडक बनाउन लगाइदिनु,” भन्दै उनले कार्यपालिका बैठकमा समेत विषय उठाउनुपर्ने र आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

उनले समयमै काम सम्पन्न नभएसम्म निरन्तर खबरदारी र आन्दोलनका कार्यक्रम अगाडि बढ्ने चेतावनी दिएका छन्। साथै, निर्माण कम्पनीले काम नगर्ने तर विरोध गरेको भन्दै गाउँभरि भ्रम फैलाउने गरेको आरोप पनि लगाएका छन्।

“बरु मलाई जे भन, सहन तयार छु तर समयमा काम गर,” भन्दै बस्नेतले विकास निर्माणमा ढिलाइ अस्वीकार्य भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech