ट्रेण्डिङ

दोधारा चाँदनी–७ स्थित आदर्श पब्लिक स्कुलमा पतञ्जली योग समितिद्वारा आयोजित पाँचदिवसीय योग विज्ञान शिविर यहि चैत्र १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने भएको छ। शिविर बिहान ४:४५ देखि ६:३० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको समुद्घाटन पतञ्जली योग समिती दोधारा चाँदनी नगर अध्यक्ष हरिॐ सिंह ज्युको अध्यक्षतामा गरिएको थियो। प्रमुख अतिथी प्रकाश ब. चन्द, योग समिती कंचनपुरका जिल्ला सदस्य, र विशिष्ट अतिथी खिमा चन्द, पतञ्जली महिला योग समिती दोधारा चाँदनीकी अध्यक्ष, उपस्थित भएका थिए। राजेन्द्र मल्ल, आदर्श पब्लिक स्कुल दोधारा चाँदनी–७ का संस्थापक, र अन्य प्रमुख योग सदस्यहरूले पनि कार्यक्रममा भाग लिएका थिए।

कार्यक्रममा योग जिल्ला सदस्य इन्दु सिंह, नगर कोषाध्यक्ष हरि प्रसाद उपाध्यय, र सहायक प्रशिक्षकहरू रतन ओलि, चन्द्रा शाही, र जनक बहादुर शाही ले पनि उपस्थिती जनाएका थिए।

यस शिविरमा 70 जना विद्यार्थी, 20 जना अभिभावक, र 30 जना अन्य साधक साधिकाहरू सहित जम्मा 135 जना व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षकहरिॐ सिंह ज्यु थिए, जसले शिविरको संचालन गरे।

कार्यक्रमका प्रमुख अतिथी प्रकाश ब. चन्द ले उद्घाटन अवसरमा भने, “प्रत्येक विद्यालयमा यस्ता कार्यक्रमले विद्यार्थीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा ठूलो प्रभाव पार्नेछ। यसका माध्यमबाट विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न सकिन्छ।”

कार्यक्रमको आयोजन पतञ्जली योग समिती दोधारा चाँदनी द्वारा गरियो, र सहआयोजन आदर्श पब्लिक स्कुल दोधारा चाँदनी–७ ले गरेको थियो।

“गरौं योग, रहौं निरोग!”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech