ट्रेण्डिङ

दोधारा चाँदनी, असार १६।
दोधारा चाँदनी नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको कक्षा १० को राष्ट्रिय परीक्षा (SEE) २०८१ को नतिजाले एकपटक फेरि स्थानीय शिक्षा प्रणालीको कमजोर पक्ष उजागर गरेको छ। प्रकाशित नतिजा अनुसार अधिकांश विद्यालयमा उत्तीर्ण दर दयनीय देखिएको छ, भने जनज्योति माध्यमिक विद्यालयले भने केही हदसम्म आशा दिलाउने प्रदर्शन गरेको छ।

जनज्योति माविबाट ४७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा १३ जना उत्तीर्ण भएका छन्। २७.६६ प्रतिशत उत्तीर्ण दरसहित जनज्योतिले नगरपालिका भित्रकै अन्य विद्यालयलाई पछाडि पारेको हो।

त्यस्तै, शारदा सरस्वती माविमा ९२ जनामध्ये १४ जनाको मात्र सफलता दर (१५.२२%) रहेको छ। महाकाली आदर्श माविमा ५१ जना सहभागीमध्ये ६ जना मात्र सफल भएका छन् (११.७६%)।

अर्कोतर्फ, कतिपय विद्यालयको अवस्था अत्यन्तै चिन्ताजनक छ। अम्बिका माविबाट ११० जना विद्यार्थी सहभागी भए पनि जम्मा ४ जना मात्र सफल हुन सकेका छन् – सफलता दर मात्र ३.६४ प्रतिशत! यस्तै भानु माविमा ५३ जनामध्ये २ जना, लक्ष्मी र शंकर पार्वती माविमा क्रमशः ४/४ जना मात्र उत्तीर्ण भएका छन्।

नतिजा हेर्दा स्पष्ट छ – नगर क्षेत्रका अधिकांश सामुदायिक विद्यालय गम्भीर शैक्षिक संकटमा छन्। न पढाइको गुणस्तर छ, न तयारीको अवस्था सन्तोषजनक। लाखौंको सरकारी लगानी, शिक्षकमाथिको अपेक्षा र अभिभावकको आशा सबैतिर ठूलो प्रश्नचिन्ह उभिएको छ।

अब पनि सचेत नभए आगामी पुस्ता शिक्षा होइन, निराशा बोक्दै अघि बढ्न बाध्य हुनेछ। यसतर्फ विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय सरकार गम्भीर बन्नु जरुरी देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech