पुष्पराज वली
जाजरकोट । शिवालय गाउँपालिकामा तीन दिने खोज तथा उद्धार तालिम सम्पन्न भएको छ । विपद् पुर्वतयारी अन्तर्गत वडामा स्वयंसेवक परिचालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले २२ जनालाई खोज उद्धार तालिम दिईएको हो ।

आर्थिक सहयोग सहास नेपाल ,पाइला परियोजनाको आयोजना र प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटको सहयोगमा ९ वटै वडा बाट २÷२ जना स्थानीय सहित दुई जना प्रहरी चौकीबाट र दुई जना जनप्रतिनिधी सहितको टिमलाई तालिम दिएको हो । विपदका समयमा कसरी उद्धार गर्न सकिन्छ भनी स्वयंसेवकहरुलाई सीप अभ्यास सहित सैद्दान्तिक ज्ञानका लागि तालिम आयोजना गरिएको सहास नेपाल पाइला परियोजनाका प्रतिनिधी योगेन्द्र बहादुर सिंहले बताए । विपदमा आवश्यक पर्ने प्रतिकार्य सामाग्रीको प्रयोग स्थानीय स्तरमा पनि के कस्ता सामाग्री वाट काम गर्न सकिन्छ भन्ने बारेमा तालिममा सिकाईएको थियो ।

विपद् के हो, विपद पूर्वतयारी तयारी विपद भई रहँदा र विपद पश्चात पनि के कसरी प्रतिकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण भएको थियो । पहिरो, भुकम्पमा कसरी उद्धार गर्ने, आगो जन्य विपद्रका समयमा कसरी सचेतताका साथ उद्धार गर्ने र खोलामा डुवेको व्यक्तिलाई के कसरी स्थानीय सामाग्री प्रयोग गरी बाहिर निकाल्ने भनी फिल्डमा अभ्यास नै गरेर तालिम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाईटीका माया सापकोटा, सम्झना खत्री र जाजरकोटका सभापति हरि बस्नेतले तालिमको सहजीकरण गरेका थिए ।

तालिम समापनका क्रमममा शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले यो उपयुक्त समयमा आयोजना भएको तालिम निकै प्रभाकारी रहेको बताए । पालिका स्तरीय विपद् व्यवस्थापन समितिमा यो तालिमको आवश्यकता भएको महसुस गरी सहास नेपाल संगको साझेदारीमा सञ्चालन गर्ने निर्णय पनि भएको थियो । ३ दिने तालिमको अध्यक्षता शिवालय गाउँपालिका वडा नं ८ का अध्यक्ष एवं नेपाल रेडक्रम सोसाईटी शिवालय उपशाखाका सभापति जसवीर वलीले गरेका थिए ।

विपद् परि हाले आफू आफ्नो परिवार र छिमेकलाई तत्काल अवस्था विग्रन नदिएर बचाउन सक्ने सीप प्राप्त भएको र यदी त्यस्तो अवस्था आएमा आफुले जानेको सिप प्रयोग गर्ने साथै आफुले घरमा झटपट झोला तयारी गरि राख्ने र अरुलाई पनि गर्न लगाउने बारेमा सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय