जाजरकोट । विद्यालय भन्दा बाहिर रहेका दुई स्थानीय तहका १३५ जना बालबालिकाहरु नियमित विद्यालय जान थालेका छन् । केयर नेपालको उडान परियोजनाले भेरी र नलगाड नगरपालिकाका १४४ जना मध्ये १३५ जना छोरीहरु आधारभुत शिक्षा पुरा गर्न नियमित स्कुल जान थालेका हुन् ।

१३५ जना छोरीहरुको नियमित पढाइको लागि नलगाड नगरपालिका–३ स्थित चावलेचौरमा २ वटा, वडा नं. ६ स्थित गर्छिन र थाप्ला, वडा नं. ८ को लुप्ना र गुम्राख, वडा नं. १२ को बस्नेत गाउँ, वडा नं. १३ को फुम्दा, भेरी नगरपालिका–१ को डौरिकाँडा र मैदे, वडा नं. २ को वर्खाले÷पोखरा, ज्यामिरे र डिङ्गा, वडा नं. ६ को राम्री टोल, डाँडागाउँ, गंगाटियामा २ वटा, पुरानोगाउँ, थापागाउँ, वडा नं ७ को दोकान, वडा नं. ९ को गैरिखेत÷ सालिबिसाँउ, खालिका पाखा, गौराखेत वडा नं १२ को चाँपाटामा २ वटा, वडा नं १३ कुस्तरामा २ वटा सिकाइ केन्द्र स्थापना गरी सहजकर्ताहरुको सहयोगमा तह १ र तह २ को पाठ्यपुस्तकमा आधारित नियमित पठनपाठन भइरहेको छ ।

हाल ५ महिनाको लागि केएर नेपालको आर्थिक सहयोग र पहाडी क्षेत्र बिकास अभियान जाजरकोटको आयोजनामा संचालन गरिएको परियोजना मार्फत उक्त सिकाइ केन्द्रहरुमा थप सहयोगको लागि सहजकर्ताहरुलाई तालिम दिइ उपचारात्मक कक्षा संचालन गरिएको छ । बालिकाहरुलाइ चाहिने आवश्यक विद्यालय पोशाक, कापी, कलम, ज्यामिती बक्स लगातका शैक्षिक सामाग्रीहरु सहयोग गरिएको परियोजना संयोजक निर्मला थापाले जानकारी दिईन् ।

नियमित बिद्यालय जान बालबालिकालाई प्रेरित गर्न तथा पारिवारिक सहयोगमा कमि आउन नदिन हरेक बालिकाका अविभावकलाइ रुपान्तरणिय सत्रको माध्यमबाट प्रत्येक महिनामा क्इब्च् परियोजनाले किशोर–किशोरीबारे हाम्रो विश्वास, निष्पक्ष हुने, बाल अधिकार, बालबालिकाको चाहाना बुझ्ने, लैङ्गिकता र लिङ्ग, लैङ्गिकतासंग हुर्किंदा, कार्य विभाजन, किशोरीहरु माथिको प्रतिबन्ध, बुवाको शासन, लैङ्गिकता र पितृसत्ता, पुरुषत्व र पितृसत्ता, शक्तिको हाम्रो अनुभव, कोसंग शक्ति छ ? बालविवाहको जोखिम जस्ता विषयवस्तुमा अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक थापाले बताइन् ।

विभिन्न समस्यामा परि बिद्यालय छोडेका तथा बिद्यालयको पहुँच भन्दा बाहिर रहेका भेरी नगरपालिका र नलगाड नगरपालिकाका विभिन्न टोलका ६५ जना बालिकाहरुको पहिचान गरी क्इब्च् परियोजनाले सन् २०२४ मा सहजकर्ताहरुलाइ संश्लेषित पाठ्यक्रममा आधारित ७ दिने आधारभूत तालिम संचालन गर्नुको साथै सिकाइ केन्द्र स्थापना गरि तह १ र तह २ को पाठ्यपुस्तकमा आधारित विभिन्न कक्षा संचालन गरिरहेको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताए । आधारभुत समस्याकै कारण कुनै पनि बालिका शिक्षाबाट बञ्चित हुन नदिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका अध्यक्ष प्रदीपजंग शाहले बताए ।

रेडक्रसले दियो शैक्षिक सामग्री
नेपाल रेडक्रस सोसाइटीले कर्णाली भूकम्प पुर्नलाभ कार्यक्रम मार्फत प्रभावित जिल्लाका विद्यालयहरुमा विद्यालय सामाग्री वितरण गरेको छ । हङकङ रेडक्रसको सहयोगमा जाजरकोट जिल्लाका भूकम्प प्रभावित विद्यालयका विद्यार्थीहरुका लागि सामाग्री वितरण गरिएको हो । त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा ९ कक्षामा अध्ययनरत छात्रा सीता सुनार झोला सहितको विद्यालय सामग्री पाएपछि खुसीले दंग छिन् । उनी मात्र होइन, उनकी साथी एलिना शाही पनि विद्यालय सामग्री पाएर निकै खुसी छन् । निशुल्क रुपमा विद्यालय सामग्री पाएपछि उनीहरु जस्तै सयौं विद्यार्थीमा खुसीयाली छाएको हो ।

हङ्कङ्ग रेडक्रसका प्रतिनिधी एन्जेलाको उपस्थितीमा मंगलवार भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले त्रिभुवन माविका विद्यार्थीलाई विद्यालय सामग्री वितरण गरेका हुन् । नगरप्रमुख घर्तीले भुकम्पमा रेडक्रसले गरेको योगदान निकै सह्रानिय रहेको बताउँदै विद्यार्थीलाई विद्यालय सामग्री प्रदान गर्ने हङ्कङ्ग रेडक्रसलाई धन्यवाद दिए ।

विद्यालय सामग्री वितरण कार्यक्रममा भेरी नगरपालिकाको नगर उपप्रमुख सीता जैसी, आईएफआरसीका प्रज्वल आचार्य, कर्णाली भुकम्प पुर्नलाभ कार्यक्रमका संयोजक पल्लवी सिंह, नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिका उपमहासचिव खम्बजंग शाह, नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेत, मन्त्री धिरेन्द्र शाह लगायतको सहभागिता रहेको थियो ।

सामग्री पाएपछि विद्यार्थीहरु निकै उत्साहित भएका थिए । जाजरकोट जिल्लाका ७ विद्यालयका १ हजार ६ सय ४८ विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको छ । विद्यालय सामाग्रीमा स्कुल झोला, पानी बोतल, कापी, कलम, ज्यामिति बक्स, रेनकोट, टिफिनबक्स, खेल सामग्री, लगायतका सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेतले बताए । सामग्री पाएपछि विद्यार्थीको पठनपाठनमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय