जनक केसी

विकास समृद्धि र परिवर्तनको पर्खाइमा रहेका भेरी नगरपालिकाका जनता खास गरि युवाहरु र विपन्न जनताको आम भावना, इच्छा र चहाना अनुसार समृद्ध र परिवर्तित भेरी नगरपालिका निर्माणका लागि आर्थिक रुपले आत्मनिर्भर, सामाजिक हिसावले उन्नत र साँस्कृतिक हिसावले मौलिक तथा कृषि उत्पदन तथा औधोगिक विकासका हिसावले उर्वर वनाउन जनताप्रति पुर्णरुपले उत्तरदायि र समर्पित हुनै पर्ने देखिन्छ ।

यदि यो अवसर मैले पाएँ भने मेयरको रुपमा प्राप्त हुने सवै सरकारी सेवा सुविधाहरु अस्वीकार गर्ने विकास निर्माणका सवै काममा जनताको अपनत्व स्थापित हुने र परिवर्तनको अनुभुति जनताले गर्ने गरि कार्यशैली कर्मचारी र जनप्रतिले प्रदर्शन गर्ने काम तत्काल सुरु गर्न विशेष अभियानको थालनी गर्नैपर्ने देखिएको छ । नगर तथा वडावाट दिइने सवै जनसेवाहरु पुर्ण रुपले जनमैत्री तथा जनकेन्द्रित वनाउदै सेवा प्रवाह अधिकतम छिटो, व्यवस्थित र प्रविधियुक्त वनाउनै पर्ने देखिएको छ ।
नगर तथा वडावाट लिने गरिएका अवैज्ञानिक करहरु तत्काल खारेज गरि विपन्न जनताको जीवनशैली सहज वनाउने काम सुरु गर्दै उचित कर लिने व्यवस्थाको सुरुवात गर्ने ।

यी विषय मुद्धाहरुलाइ नगर समृद्धिका लागि इमादारीता र पारदर्शितापुर्वक कडाइका साथ लागु गर्दै विषयगत र मुद्धागत रुपमा निम्नानुसारका काम र योजनाहरु न्यायपुर्ण ढंगले कार्यान्वयनका लागि हिम्मतिलो पहल थाल्ने मेरो योजना र संकल्प छ ।

१. शिक्षावारे के गर्ने ?

१. अनिवार्य गुणस्तरीय शिक्षाका लागि विद्यालयमा पछिल्लो समय वढ्दै गएको शिक्षक, अभिभावक र सरोकारवालाहरुको ढिलासुस्ती र वेवास्तालाइ पुरै निस्तेज पार्ने गरि विशेष कार्ययोजना वनाएर कडाइका साथ लागु गर्ने ।
२. शिक्षक तालिमलाइ अनिवार्य गर्दै त्यो तालिम विद्यालयमा पढाइलाइ असर नपारी पढाउदा पढाउदै शिक्षक तालिम नाम दिएर सन्चालन गर्ने ।
३. कुनै पनि शिक्षकले विद्यालयको पढाइमा असर पुरयाउने गरि अनुपस्थित भए वापतको तलव नपाउने, राम्रो काम गर्नेलाइ विशेष पुरस्कार तथा गलत गर्नेलाइ विना पुर्वाग्रह सजायाको व्यवस्था गर्ने ।
४. विद्यालयमा हुने सवै गतिविधिहरुमा नगर सरकारले विशेष निगरानी राख्दै नियमित र गुणस्तरीय पढाइका सवै आधारभुत मापदण्डहरु लागु गर्ने ।
५. कक्षा ५ देखि ८ सम्मका सवै विद्यार्थीहरुलाइ अनिवार्य कम्प्युटर शिक्षा दिने जसका लागि आवस्यक जनशक्ति र स्रोत साधनको व्यवस्था गर्ने ।
६. स्थानीय पाठ्यक्रम निर्माण गर्ने जसमा आधारभुत जीवनउपयोगी सीपहरु, स्थानीय लवच, कला, सँस्कृति,परम्परा र सम्पदाको ज्ञान दिने तथा तिनको संरक्षणका लागि जनशक्ति उत्पादनमा सहयोग पुरयाउने काम गर्ने ।
७. विद्यालयमा धारा, चर्पी, स्यानीटरी प्याड, खेलकुद, मनोरन्जन, अतिरिक्त क्रियाक्लाप, सामाजिक सीपहरुको विकास लगाएतका क्रियाक्लापहरु अनिवार्य रुपमा गर्न लगाउने यसका लागि नगर सरकारले आवस्यक सवै प्रकारको साथ दिने ।
८. कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुमा आधारभुत सीप र ज्ञान प्राप्त नभए सम्म विद्यालयलाइ दिइने अनुदान र शिक्षकलाइ दिइने सेवा सुविधा घटाइदिने ।
९. कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुमा सैद्धान्तिक तथा व्यवहारिक रुपले ज्ञान प्रयोगमा सक्षम र आत्मनिर्भर भएकै हुुनु पर्ने अन्यथा शिक्षक र विद्यालयलाइ आवस्यकता अनुसार कारवाहि हुने ।
१०. कक्षा ५, ८ र १०का विद्यार्थीहरुको ज्ञान सिकाइ र क्षमता जाँच गर्न नगरले विशेष परीक्षा सन्चालन गर्ने र सो आधारमा शिक्षक र विद्यार्थीहरुका साथै विद्यालयको नतिजा घोषणा गरि आवस्यक कारवाहि गर्ने ।
११. वर्ष भरि राम्रो काम गर्ने शिक्षक , विद्यालय र विद्यालय व्यवस्थापन समितिलाइ विशेष समारोहको आयोजना गरि सम्मानको व्यवस्था गर्ने ।
१२. विद्यालयको समग्र अवस्थाको वारे नियमित अनुगमन गर्ने र प्राप्त रिपोर्टका आधारमा आवस्यक कारवाहि गर्ने, नीति निर्माण गर्ने, र योजना वनाउने काम गर्ने ।
१३ शैक्षिक गुणस्तर, दक्ष जनशक्तिको उत्पादन तथा जिम्मेवार शिक्षक र अभिभावक निर्माणका लागि
विशेष योजना वनाइ लागु गर्ने ।
१४. विद्यालयमा पढ्ने कक्षा ३ देखि १२ सम्मका सवै विद्यार्थीहरुलाइ वर्षमा दुइ पटक विशेष कक्षा मार्फत समाज, घर परिवार र आफनो जीवनका प्रति सकरात्मक सोचको विकास गराउने तथा जीवनको लक्ष र सपनाको वारेमा उत्प्रेरणामुलक शिक्षा र जागरण प्रदान गर्ने ।
१५. कुनै पनि विद्यालयले कुनै शुल्क लिन नपाइने विद्यालयको प्रशासनिक तथा शैक्षिक सुधारको अवस्थावारे प्रत्यक महिनाको प्रतिवेदन नगरमा वुझाउनु पर्ने ।
१६. विद्यालयको सम्पुर्ण व्यवस्थापनको जिम्मेवारी नगर सरकारले लिने ।
१७. कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाइ लक्षित गरि मेरो सिकाइ मेरै जीवन निर्वाहका लागि नामक कार्यक्रम सन्चालन गरेर उनीहरुलाइ आत्मनिर्भर जीवनयापनका लागि आधारभुत जीवनउपयोगी सीप दिने ।

२. स्वास्थ्य

१. नगर भित्रका सवै स्वास्थ्य सँस्थाहरुको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहको अवस्था सुदृढ वनाउन नगर सरकारले आन्तरिक र वाहय श्रोत र साधनको जोहो गर्ने तर्फ गम्भीर पहल सहितको जिम्मेवारी लिने ।
२. १० वर्ष देखि तल र ६० वर्ष माथिको उमेर भएका सवै नागरिकहरुको निशुल्क उपचारको व्यवस्था मिलाउने ।
३. गर्भवती, सुत्केरी र अति विपन्न नागरिकहरुको उपचारका लागि नगर सरकारले जिल्ला अस्पताल सम्म पुग्नका लागि निशुल्क यातायात सुविधा उपलव्ध गराउने ।

४. गर्भवती भएको चार महिना देखि सुत्केरी भएको दुइ वर्ष सम्म आमा र वच्चाको स्याहार एवम पोषणका लागि नगर सरकारले विशेष भत्ता र पौष्टिक खानाको व्यवस्था गर्ने ।

५. नगर भित्रका अति विपन्न समुदायका जनताको लागि निशुल्क औषधी वितरणको व्यवस्था मिलाउने ।
६. ठुलो रोग व्याधी लागेका नगरभित्रका विपन्न नागरिकहरुको उपचारमा सहयोग पुरयाउन नागरिक सुरक्षा कोष स्थापना गरि आवस्यक सहयोगको व्यवस्था मिलाउने ।

३ रोजगारी

१. नगरका जनताको रोजगारी र आर्थिक क्षमता विकासका लागि नगर सरकारको विशेष पहलमा सवै वडामा स्थानीय सम्भावना अनुसार विभिन्न लघु उद्यमहरु सन्चालन गरि वेरोजगार नागरिकहरुका मौलिक सीपहरु उपयोग गर्ने ।
२. नगरभित्र हुने कुनै पनि विकास निर्माण, प्रोजेक्ट, र अन्य कार्यक्रमहरुमा नगरभित्रका योग्य र सक्षम युवाहरुलाइ मात्र मौका दिने र वाहिरवाट मानिस ल्याएर काममा लगाउन नपाइने व्यवस्था गर्ने ।
३ं नगर प्रहरी, शिक्षक, प्राविधिक जनशक्ति र अन्य क्षेत्रमा रोजगारीका अवसरहरु वितरण गर्दा न्यायपुर्ण व्यवहार देखाउदै एक घर एक रोजगार नीतिलाइ सफल रुपमा कार्यान्व्यन गर्ने ।
४. कृषि, उद्योग, र उत्पदनका कामहरु नगरक्षेत्र भित्रका जनतालाइ रोजगारी, र समृद्धि दिनका लागि तत्काल विशेष अध्ययन र योजनाका आधारमा सुरु गर्ने ।
५. नगर क्षेत्र भित्रका कोहि पनि शिक्षित र सक्षम युवाहरुलाइ वेरोजगार हुन नदिने । रोजगारी र उद्योगका नयाँ अवसरहरु सिर्जना गर्ने ।
६. नगरभित्रका सवै वेरोजगार जनतालाइ कुनै न कुनै रुपले आयआर्जनमा सहभागि भइरहन पाउने अवसर, वातावरण र दायित्व सिर्जना गर्ने ।

४. कृषि उत्पादन तर्फ

१ नगर क्षेत्रभित्रका होलुजिउला, कुदु, भुर, कालेगाउँ, पुन्मा, लगाएतका क्षेत्रमा अन्न उत्पादन वढाउन विशेष सिचाइ योजना लागु गर्दै, आधुनिक उपकरण, विउ र प्रविधिको प्रयोगलाइ पहिलो प्राथमिकता दिने ।
२. नगर क्षेत्र भित्रका ५ ठाउहरुलाइ तरकारी पकेट क्षेत्र वनाइ किशानहरुलाइ अत्याधुनिक प्रविधिको तालिम सहित विउविजन दिने, साधन तथा प्रविधिको प्रयोग गराउने र संकलन केन्द्र वनाउदै वजारको उचित व्यवस्था समेत गरिदिने ।
३. व्यावसायिक किशानहरुलाइ विशेष प्रविधि र साधत सहित अनुदानको व्यवस्था गर्ने ।
४. तरकारी र अन्न उत्पादनमा आत्मनिर्भर भेरी नगरपालिका निर्माणका लागि सवै उपायाहरु प्रयोग गर्ने ।
५. नगरपालिका भित्र फलफुल, मह, पशुपालन, कुखुरापालन व्यवसायलाइ विशेष प्राथमिकताका साथ यसलाइ व्यवस्थापन र प्रवद्र्धन गरि उत्पादनमुलक तथा व्यावसायिक वनाउन विशेष रणनीति निर्माण गरि तत्काल कार्यन्वयन गर्ने ।
६. सवै किसानहरुका वारीमा डालेघास खेती, मुख्य वनहरुमा महत्वपुर्ण मुल्यवान जडीवुटी र वनस्पतिको खेती तथा सुरक्षाका लागि विशेष योजना वनाएर कार्यन्व्यन गर्ने ।

५. उद्योग

१. नगरपालिका भित्र जडीवुटी प्रशोधन नेपाली हातेकागज, कुचो,डोको डालो निर्माण,कुचो क्रसर तथा काष्ठ उद्योगका लागि वैज्ञानिक तथा व्यवस्थित विधि, योजना ,नीति र वजेटको प्रयोग गर्दै भेरी नगरको मौलिक भुगोललाइ संरक्षण पनि गर्ने ।
३. नगरपालिमा उद्योग व्यवसायका सवै सम्भावनाहरुको उजागर गर्न विशेष अध्ययन गरि नीति कार्यनीति र रणनीति वनाएर कार्यन्वयन गर्ने ।
४. उद्योगधन्दा सन्चालन गर्दा नगरवासीहरुलाइ नै सहभागि गराउने र नगरवासीको रोजगारी रउत्पादनलाइ नै प्राथमिकता दिने ।

६. पुर्वाधार

१. मेयर निर्वाचित भएको २ वर्ष भित्र यस अघि निर्माण भएका सवै कच्ची सडकहरु कालेपत्रे गर्न विशेष पहल गर्ने ।
२. सवै वडाहरुमा नाली सहितका गुणस्तरीय सडक निर्माण गर्ने र विद्यालयका सवै जीर्ण भवनहरु पुननिर्माण गर्ने ।
३. वजार क्षेत्रमा कम्तीमा ४ मिटर र सहायक र मुख्य राजमार्गमा नियमानुसार सडक चौडा अनिवार्य रुपमा गराउने ।
४. सडक र पुर्वाधार निर्माणमा सहयोग नगर्ने अवरोध गर्ने जो कोहिलाइ पनि नगरको सुविधावाट वन्चित गर्ने ।
५. व्यवस्थित सहरीकरण र वजारीकरणको नीति वनाएर खलंगावजार, कुदुवजार, स्याउली वजार, रिम्ना वजारमा कडाइका साथ लागु गर्ने ।
६.नगरपालिकामा व्यवस्थित ढंगले फोहर व्यवस्थापन र ढलनिकासका लागि तत्काल योजना वनाएर कार्य सुरु गर्ने ।

७. धर्म, कला परम्परा र संस्कृति

१. नगरभित्रका सवै कला, सँस्कृति र परम्पराहरुको संरक्षणका लािग विशेष नीति र योजना वनाएर लागु गर्ने
२. मेला, जात्रा, पर्वहरुको उचित रुपमा मौलिक ढंगले संरक्षण गर्नका लागि नगर सरकारले जिम्मेवारी लिने ।
३ जाजरकोट दरवारलाइ ऐतिहासिक संग्राहलय, शिवालय मन्दिर, मालिका मन्दिर, जगतिपुर दरवार क्षेत्र, रिम्ना पार्क,भुमेस्वर गुफा, सांट गुफा, मैदेको गुफाको विशेष संरक्षण र प्रचारका साथै नगरका आकर्षक पर्यटकीय गन्तव्य वनाउने ।.
४. नगरभित्रका सवै मौलिक नाच, गीत र चलनहरुको संरक्षणमा योगदान गर्नका लागि नियमित प्रतियोगिता गर्न विद्यालय, वडा र नगर स्तरमा विशेष योजना सहित कार्यक्रमहरु गर्ने गराउने ।
५. रमाइलो मेला, मालिका मेला, शिवालय मेला, काफलचौर मेला लगाएतका नगरभित्रका अन्य मेलाहरुलाइ विशेष रुपले मनाउने व्यवस्था गर्ने ।

८.खेलकुद

१. नगरभित्रका सवै विद्यालयहरुमा फुटवल, व्याटमिन्टन, क्रिक्रेट, भलिवल र ऐथ्लेटिक्स सन्चालन गर्न विशेष योजना र नीति निर्माण गरि लागु गर्ने ।
२. नगरको आयोजनामा प्रत्यक वर्ष वडा स्तरीय खेलकुद र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सन्चालन गर्ने ।
३. नगरपालिकामा व्यावसायिक खेलाडी निर्माण तथा उत्पादनका लागि विशेष योजना वनाएर लागु गर्ने ।
४. विद्यालय तथा विभिन्न टोलहरुमा विद्यार्थी र युवाहरुका लागि वर्षमा एक पटक विशेष रुपले खेल सामाग्रीहरु सहयोग गर्ने ।

९. सार्वजनिक सेवा प्रवाहको अवस्था

१ कार्यालयमा सेवा लिन आएका जनतालाइ कामको प्रकृति हेरेर १० मिनेट देखि २ घन्टा भित्र सेवा दिने प्रभावकारी व्यवस्था मिलाउने ।
२. नगर तथा वडा कार्यालयका कुनै पनि फाँट खाली राख्न नपाइने र जनतालाइ भोलि आउनु भनेर काम नगरी फर्काउन नपाइने नियम वडा र नगर कार्यालयमा कडाइका साथ लागु गर्ने ।
३. सेवा लिन आएका जनतालाइ त तिमी भन्ने हप्काउने र वेवास्ता गर्न नपाइने ।
४. नगरमा सेवा लिन आएका जनताले कर्मचारी र जनप्रतिनिधिलाइ नमस्ते गर्ने चलन तोडेर कर्मचारी र जनप्रतिनिधिले नै जनतालाइ नमस्ते गरेर समानपुर्वक सेवा दिने व्यवस्थाको सुरुवात गरि वडा तथा नगर कार्यालयमा सेवा लिन आएका जनताको लागि उपयुक्त वस्ने ठाँउ र पिउने पानीको व्यवस्था गर्ने ।

१०. वन वन्य जन्तु र पानीका मुहान

१. भेरी नगरभित्रका प्रमुख जंगल क्षेत्रको संरक्षणका लागि विशेष योजना वनाइ लागु गर्ने ।
२. पानीका मुहान संरक्षणका लागि दिगो व्यवस्थापन सहितको योजना निर्माण गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
३. नगरको जंगलमा भएका वन्यजन्तु र चराचुरुंगीको संरक्षणका लागि विशेष समन्वयात्मक योजना निर्माण र कार्यान्वयन गर्ने ।
४. नगर क्षेत्रको जंगलमा पाइने विभिन्न वहुमुल्य जडीवुटीहरुको संरक्षण पहिचान तथा सुरक्षा गर्न विशेष योजना वनाउने ।
५. वुदवुदी, निमारे, स्याँला, गोगनीखोला, नेटा, पुराना रिसांग, वस्तीला, खर्या, साउनेपानी, कोटखोला, कालेगाउँ, स्याँला, रिम्ना, पिपे, मैदे, वाहुनथान, पोखरा, भुर,गंगटिया, इवर, काफलचौर, मटेला,जगतिपुर, फेरा, भुरचौर, कुदु, भेरे, डिंगा, राङसी, तिमीले, वडालेक, मालिका,पुन्मा स्याउली, लगाएतका अन्य वजार र वस्तीका छेउमा रहेका पानीका मुहानहरुको दिर्घकालीन संरक्षण गर्न विशेष योजना र कार्यक्रम वनाइ लागु गर्ने ।
६. भेरी नगरभित्र पुर्वाधार निर्माणको जुनसुकै योजनाको काम गर्दा पनि योजना स्थल वरिपरि कम्तीमा २ सय विरुवा रोप्नै पर्ने सोको संरक्षण गर्ने जिम्मा सरोकारवाला र स्थानीय जनतालाइ दिने कार्यक्रम लागु गर्ने ।

११पर्यटन विकास

१. कुदु रिम्ना, मछाइना शिवालय, मैदे, वाहुनथान, वडालेख, काफलचौर, खलंगा दरवार, रानागाउँ, सानीमालिका,जगतिपुरलाइ नगरका प्रमुख पर्यटकीय गन्तव्यमा सुचीकृत गरि ती क्षेत्रलाइ नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने ।
२. भेरी नदीमा रयाफ्टींगका लागि विशेष योजना वनाइ लागु गर्ने ।
३. होलुजिउलाको तिनगाडै साङट या कोटखोला क्षेत्रमा मानवनिर्मित ताल र आकर्षक १३ वटा धाराहरु निर्माण गर्ने ।
४. चैत्र वैशाख जेठ महिनामा खलंगामा हुने पानी अभावलाइ दिर्घकालीन रुपमा समाधान गरि पिउने नुहाउने र लुगाधुने पानीको विशेष व्यवस्था गर्न कोटखोला र निमारेमा वैकल्पीक व्यवस्था गर्न विशेष योजना वनाउने ।

१२.सामाजिक सुरक्षा नगर शान्ति कार्यक्रम

यस अन्तरगत सन्चालन गरिने विशेष योजना र कार्यक्रमहरु
१. जेष्ठ नागरिक, विपन्न नागरिक, वालवालिका, गर्भवती तथा सुत्केरी र प्रकोप पिडित नागरिकहरुको राहत, उपचार, र अन्य सहयोग गर्न सुरुमा ५० लाखको नागरिक सुरक्षा तथा राहत कोष स्थापना गर्ने र त्यसलाइ विशेष कार्यविधि वनाएर लागु गर्ने ।
२. सो कोषमा विकास निर्माण, कर, र अन्य अनुदान सहयोगवाट प्राप्त रकम जम्मा गर्ने ।
३. कुलतमा लागेका, युवा तथा वालवालिकाहरुका लागि विशेष परामर्षमुलक कार्यकम तथा पुर्नस्थापना केन्द्र स्थापनाको काम गर्ने ।
४. नगरपालिका भित्र कुनै पनि खेतवारी र पाखावारी खाली राख्न नपाइने र ती खेतवारी र पाखावारीलाइ नगर सरकारको विशेष पहलमा उर्वर र हराभरा वनाइदिने जसवाट उत्पादन तथा रोजगारी सिर्जना हुने ।
५. नगरभित्रका युवाहरुमा सकरात्मक जोशजाँगर प्रेरणा र हौसला जगाउन वर्षमा एक पटक युवा सम्मेलन, खेलकुद तथा अन्य उपयोगी कामहरु गर्न विशेष योजना निर्माण गरि कार्यान्वयन गर्ने ।
६. नगरभित्रका प्रमुख पर्यटकीय क्षेत्रहरुलाइ स्थानीय जनताको रोजगारी र आर्यआर्जनमा टेवा पुरयाउने माध्यमको रुपमा वैज्ञानिक ढंगले विकास विस्तार तथा व्यवस्थापन गर्ने ।
७. नगरपालिकाको समृद्धि एवम परिवर्तनका लागि विशेष गुरुयोजना मार्फत मार्गचित्र कोर्न नगरभित्रका सवै दल, वुद्धिजीवी व्यावसायी नागरिक र युवा जेष्ठ नागरिक वालवालिकाहरुको सहभागितामा नगर सम्मेलन गर्ने र उक्त सम्मेलनले तय गरेका मार्गदर्शनलाइ नगर समृद्धिको योजना, नीति र कार्यक्रमहरु निर्माणको श्रोत वनाउने ।
८. नगरभित्र सन्चारको विशेष सुविधाका लगि व्यवस्थित र छरितो पहल गर्ने र फोन इन्टरनेटको गुणस्तरलाइ प्रभावकारी वनाउदै नगरलाइ फ्रि वाइफाइ क्षेत्र वनाउने अभियान चलाउने ।

९. घर शान्ति नै परिवार समाज र पुरा नगर शान्तिको आधार भन्ने नारालाइ हृदयंगम गरि नगरपालिकाको विशेष पहलमा सासुवुहारी सहकार्य कार्यक्रम सुरु गर्ने तथा घर र समाजका हरेक कार्यक्रम र गतिविधिमा सासुवुहारीको सहकार्य गराउने यस्तै नन्द भाउजु, आमाजु वुहारी, कार्यक्रम पनि सन्चालन गर्ने ।
१० भेरी नगरका गाउँ टोल र वस्तीहरुमा जनश्रमदान र सामाजिक एकताको भावनालाइ वलियो रुपमा प्रयोग गराउन हामी वनाउछौं हाम्रो गाउँ कार्यक्रम सन्चालन गर्न विशेष कार्यविधि वनाएर लागु गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय