जाजरकोट । जाजरकोटमा अन्डर—१९ भलिबल कप सञ्चालन हुने भएको छ । आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो ।

सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू —१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ । जिल्लाको खेल क्षेत्रमा टेवा पुर्याउने हेतुले कपको आयोजना गरिएको विकको भनाई छ ।

कप सञ्चालनका लागि धेरै तयारी पुरा भएको सञ्चालन समितिका संयोजक विवश विक्रम शाहले बताए । कपमा प्रथम पुरस्कार ५० हजार कप, मेडल र प्रमाण पत्र रहेको छ ।

May be an image of text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय