बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाका सामुदायिक वनमा क्यामेरा जडानको काम सम्पन्न गरिएको छ । गाउँपालिका भित्रका वडा नं. ३ मा रहेको फुलवारी खाली सामुदायिक वन र वडा नं. ४ स्थित ढोटाचौर सामुदायिक वनमा क्यामेरा जडान गरिएको थियो । गत असार २० गते देखि जडान गरिएको क्यामेरामा रेडपाण्डाको वासस्थान रहेको ठाउँमा अन्य स्तानधारी वन्यजन्तुको पहिचान गर्न क्यामेरा जडान गरिएको थियो ।

रेडपाण्डा नेटवर्क र डाँफे यूवा क्लवको साझेदारीमा सञ्चालित पश्चिम नेपालमा सामुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिका र डिभिजन वन कार्यालय जाजरकोटको सहकार्यमा क्यामेरा जडान गरिएको डाँफे यूवा क्लव जाजरकोटका कार्यक्रम संयोजक भुपलाल केसीले जानकारी दिए ।

No description available.

पश्चिम नेपालको भेगमा रेडपाण्डाको वासस्थानमा स्तानधारी वन्यजन्तुले स—अस्थित्व गर्दा रहेछन् भन्ने तथ्यांक संकलन गर्नका साथै रेडपाण्डा लगायत वन्यजन्तुको वासस्थानको अवस्थाबारे विस्तृत अध्ययन गर्नका लागि क्यामेरा जडान गरिएको रेडपाण्डा नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेले जानकारी दिए ।


दुई वटा सामुदायिक वनमा २२ वटा क्यामेरा ४५ दिनमा जडान गरिएको थियो । क्यामेरा जडानमा रेडपाण्डा, हिमालीभालु, चरी बाघ, रतुवा, घोरल, हिमालयथार,बदेल लगायतका वन्यजन्तु भेटिएका थिए । २० प्रजातीका वन्यजन्तु क्यामेरामा कैद भएका थिए । जिल्लाको पहिलो चरणको क्यामेरा सर्भे सम्पन्न भएपनि त्यहाँका अन्य सामुदायिक वनमा फेरी पनि क्यामेरा जडान गरिने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय