खलंगा । चैत्र २५ गते देखि २७ गते सम्म चल्ने नेकपा एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । मंगलबार(आज) पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।

लोगोमा कराईचुली हिमाल, जाजरकोट दरबार, विश्वमै लोपउन्मुख रेडपाण्डा, शिवालय मन्दिर, पजारुमा अवस्थित गुम्बा, लालीगुराँस राखिएको छ ।

No description available.

जाजरकोटको पर्यटनलाई प्रचारमा टेवा पुग्ने हेतुले लोगो निर्माण गरिएको एमाले जाजरकोटका उपमहासचिव एवं प्रचार प्रसार विभाग प्रमुख नरबहादुर बस्नेत (एनवी) ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय